प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट अबैध कपडा र चियापत्ती बरामद

२०८० असार १८, सोमबार ०४:१९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपहानगरपालिका वडा नं.१५ रातोमाटेबाट प्रहरीले अबैध रुपमा भन्सार छलेर ल्याएको कपडा र चियापत्ती बरामद गरेको छ ।

शनिबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंज तर्फबाट हेटौडा आउंदै गरेको ना ७ ख ११८१ नम्बरको यात्रु बाहक बसबाट महिलाले लगाउने २२४ थान कुर्था र ४ थान सुरुवाल बरामद गरेको हो । उक्त कुर्थाको मुल्य १ लाख १२ हजार ८०० रुपैयाँको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै आइतबार प्रहरी चौकी रातोमाटेबाटै खटिएको प्रहरी टोलीले काकडभित्तातर्फबाट हेटौडा आउंदै गरेको प्रदेश नं. १–०२–००१ ख ९७५७ नम्बरको यात्रु बाहक बसबाट टि–पाउडर (चियापत्ती)११६ प्याकेट बरामद गरेको हो । उक्त चियापत्ती ९२ हजार ८०० मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको कपडा र चियापत्तीलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जनाएको छ ।