प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरको चार क्याम्पसमा अनेरास्ववियु–अनेरास्ववियू–अनेरास्ववियु क्रान्तिकारीको जित

२०७९ चैत्र ५, आईतबार १४:०५ बजे

हेटौंडा – मकवानपुरको ७ मध्ये चार वटा क्याम्पसको अनेरास्ववियु–अनेरास्ववियू–विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीको गठबन्धनले जितेको छ । वंशगोपाल, जनप्रिय, मनहरी, निर्मल बहुमुखी क्याम्पसमा प्यानलै विजयी भएको हो ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानलनै विजयी भएको छ । अनेरास्ववियू सिल्वाल १८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् । वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२० मत), कोषाध्यक्षमा रुपा राई (१७मत), सदस्यहरुमा सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित विजयी भएका छन् ।

हेटौंडा उपमहागरपालिका–१६ स्थित रहेको जनप्रियमा विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीकी मुना गोले नेतृत्वको प्यानलै विजयी भएका छन् । उनले २७ मत प्राप्त गरिन् । जनप्रियको स्ववियू सचिवमा पुष्पा बास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल विजयी हुँदा सदस्यहरुमा मेनुका दाहाल, पवित्रा अधिकारी तथा विनिता तिमल्सिना निर्वाचित भएका छन् ।

मनहरी बहुुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु–अनेरास्ववियू–विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीको उम्मेदवार कुमार घिसिङको विजयी भएका छन् । सचिव वाहेक अन्य पदमा अनेरास्ववियु–अनेरास्ववियू–अनेरास्ववियु क्रान्तिकारीकै उम्मेदवार विजयी भएको बताईएको छ ।

त्यस्तै हेटौंडा–१९ को निर्मल बहुमुखी क्यासपमा सरोज अर्याल नेतृत्वको अनेरास्ववियु, अनेरास्ववियू र अखिल क्रान्तिकारी विप्लवबीचको संयुक्त प्यानल विजयी भएको छ । अर्यालले १३२ मत प्राप्त गर्दा नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसंका जय बहादुर रोक्काले ५२ मत प्राप्त गरे ।