हेटौंडा – बसको ठक्करबाट काठमाडौंमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली मरिन गाँउपालिका ३ का २२ वर्षिय निर्मल लामा रहेका छन् । उनको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका १५ ठाडो भ¥याङमा सितापाईलाबाट स्वयम्भुतर्फ आउँदै गरेको बा १ ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको बागमति प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। दुबै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त स्वयम्भुले जानकारी दिएको छ ।