प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

वीर अस्पतालमा डिप ब्रेन स्टुम्युलेसन उपचार विधि प्रयोगमा ल्याइँदै

२०८० फाल्गुन २४, बिहीबार २०:०५ बजे

काठमाडौं – वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ।

अस्पतालले पार्किन्सन, छारेरोग डिप्रेसन शारीरिक कम्पन, डिस्टोनिया, ओसिडी जस्ता रोगमा उक्त उपचार विधि प्रयोगमा आउन लागेको न्युरो सर्जरी विभाग प्रमुख प्रा। डा। राजिव झाले बताए।

परम्परागतरूपमा प्रयोग हुँदै उपचार विधिको प्रभावकारिता न्यून भएको भन्दै अस्पताल यस प्रकारको उपचार विधी प्रयोगमा ल्याउन लागेको बताइएको छ।

उक्त प्रक्रियाका लागि अस्पतालले आगामी चैत्र १८ गतेसम्म बिरामीहरूको छनोट गरिसक्ने झाले बताए।

परम्परागत उपचार विधिद्वारा निको नभएका तथा सम्बन्धित रोग लागेका बिरामीहरूले अस्पतालको न्यूरो सर्जरी विभागमा सम्पर्क गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ।