प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राजकुमार रानाको मृत्यु प्रकरण : प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

२०८० माघ २८, आईतबार २०:२० बजे

काठमाडौं – कञ्चनपुर लालझाडी गाउँपालिका–३ का राजकुमार रानाको मृत्यु प्रकरणमा एक प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ परेका छन् ।

पाँच महिनाअघि कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा रानाको शव फेला परेको थियो । उनको हत्या गरेको आरोपमा प्रहरी सहायक हवल्दारसमेत रहेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई प्रहरी पक्राउ गरेको हो ।

आफन्तको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।