काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने भएका छन् ।
त्यसको विकल्पमा सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने जनाएको छ ।
सरकारले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय र सस्थानहरुलाई पत्राचार गरिसकेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेमा र त्यसबाट दायित्व सिर्जना भएमा सरकारले नब्यहोर्ने जनाएको छ ।