हेटौंडा – चिरपट र ढुङ्गा प्रहार गरी एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङ आफ्नै श्रीमती ४४ वर्षीया सुकुमाया तामाङको चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले मेख बहादुरलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।