प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

भाइटीका लगाउने उत्तम साइत कति बजे?

२०७९ कार्तिक २, बुधबार ०९:०५ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। 

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीको उत्तम साइत छ।  

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ। यस वर्षको तिहार कात्तिक ५ देखि १० गतेसम्म रहेको छ ।