प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

नेपालको लगातार दोस्रो हार

२०७९ जेठ २८, शनिबार १८:३४ बजे

काठमाडौं – एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।

कुवेतलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई, अल्रेशिदी र मोबारक अल्फानिनी एक–एक गोल गरे । त्यस्तै नेपालका दर्शन गुरुङले एक गोल फर्काए ।

खेलको २८ औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै अग्रता दोब्बर दिलाए ।

खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए । ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दै ४–० को अवस्थामा पुर्याए । खेलको इन्जुरी समयमा नेपालका लागि दर्शनले एक गोल गरे ।

छनोटको समूह ए मा रहेको नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।