प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८० फाल्गुन १९, शनिबार १३:२७ बजे

काठमाडौं – उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना१ज ८३३३ नंको जिप दुर्घटना हुँदा कटारी नगरपालिका–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङ र कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको मृत्यु भएको हो ।

वीरबहादुरको घटनास्थलमै र गम्भीर घाइते लालकुमारीको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास राईले बताए। जिप चालक कटारी–८ का ३३ वर्षीय थर्मसिंह तामाङ प्रहरीको नियन्त्रणमा रहेको उनले बताए।