प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको कमानेबाट भोम्जन र थिङ पक्राउ

२०७९ श्रावण २०, शुक्रबार १५:५५ बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका– १५ कमानेभोर्लेबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानिय ५६ वर्षीय मंगलसिंह भोम्जन र २९ वर्षीय कृष्ण थिङ रहेका छन् ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले भोम्जनको साथबाट ५ किलो २०० ग्राम र थिङको साथबाट ५०० ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।दुबैलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।