प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ असार ४, सोमबार १७:१५ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं.२ थम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा स्थानीय ४५ वर्षिय बिर बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सामबार विहान आफ्नै घरमा सुतिरहेका प्रजालाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको भण्डारीले जनाकारी दिए ।