काठमाडौं – संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ भत्किएर एक कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ छन् । भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पावरहाउसस्थल चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर दुर्घटना भएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको प्रहरीले जनाएको छ ।