प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई महिनापछि बागमती प्रदेशसभा बैठक आज बस्दै

२०८० भाद्र १८, सोमबार ०३:१९ बजे

हेटौँडा – बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनापछि आज सोमबार दिउँसो बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो १ः३० बजेका लागि बैठक बस्ने समय निर्धारण गरेका छन् ।

प्रदेश सभाको बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा बैठकको कार्य सूची तय गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।