हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित रहेको पल्पसा प्याराडाईज होटलमा एक जना मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार अपह्रान्न काठमाण्डौ महानगरपालिका–७ चाबहिल घर भई पल्पसा प्याराडाईज होटलमा बस्दै आएको बर्ष ४७ को अजय मानन्धर मृत भेटिएका हुन् ।
उनी गएकोे असोज २८ गतेदेखि पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको ४०५ नम्बर रुममा बस्दै आएको थिए । उनको साथिहरुले फोन गर्दा फोन
नउठाएपछि सोहि होटलमा आएर ढोका खोलेर हेर्दा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु के–कुन कारण भएको भन्ने खेल्न नसकेको प्रहरीको भनाई छ । मुचुल्का पश्चात शव पोष्टमाटमको लागि हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।