सांकेतिक तस्बीर
मकवानपुर – जिल्लाको मनहरी गाउँपालिका-७ स्थित समिडाँडामा शुक्रबार बिहान करिब ४:०० बजे बस दुर्घटना भएको छ। काठमाण्डौबाट महोत्तरीतर्फ गइरहेको प्रदेश २-०३-००१ ख ३६२९ नम्बरको बस अनियन्त्रित भई पूर्व(पश्चिम लोकमार्गबाट झन्डै १० मिटर तल पल्टिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परी बसमा सवार ४० मध्ये ३५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले घटनास्थलमा पुगेर उद्दार गरी घाइते यात्रुहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाएको छ।
घाइतेमध्ये २८ जनालाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ, जसमा १३ जना मध्यम र १५ जना सामान्य अवस्थाका छन्। यस्तै, तीन जनालाई स्थानीय मनहरी अस्पतालमा र चार जनालाई हेटौडा अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक जय किशोर कापरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस घटनास्थलमै रहेको छ। प्रहरीका अनुसार दुर्घटनाका कारण बाटो अवरुद्ध भने भएको छैन।
घाईतेहरु ;- पुरानो मेडिकल कलेजमा उपचारार्थ बिरामीहरु –
१ जिल्ला मोहत्तरी मटियानि न.पा.७ बस्ने बर्ष २४ को हरिशंकर प्रसाद मण्डल बाया हातमा चोट सामान्य ।
२ऐ.जलेस्वर न.पा. ९ बस्ने बर्ष २४ को राज कुमार साह टाउको हात खुट्टिमा चोट सामान्य ।
३ ऐ.बस्ने बर्ष २८ को अनु राय टाउको र हातमा चोट सामान्य ।
४ ऐ बस्ने निजको श्रीमति बर्ष २१ की खुसी कुमारी पाण्डे खुट्टामा चोट सामान्य ।
५ जि.धनुषा जनकपुर उ.म.न.पा.१३ बस्ने बर्ष २० की भिमा ठाकुर दुबै खुट्टामा चोट सामान्य ।
६ जिल्ला महोत्तरी बगाह न.पा.१ बस्ने बर्ष ६१ को दिनेश चौधरी ढाड र पेटमा चोट मध्यम ।
७ (बस सहचालक) जि.मोहत्तरी जलेस्वर न.पा.२ बस्ने बर्ष २० को असख साझी टाउकोमा चोट मध्यम ।
८ जि.धनुषा जनकपुरउ.म.न.पा.९ बस्ने बर्ष ६० को सरोज झा टाउकोमा चोट मधयम ।
९ ऐ.बस्ने बर्ष ९ की समृदी झा टाउकोमा चोट मध्यम ।
१० ऐ.बस्नेबर्ष ४२ की किरण झा टाउकिमा चोट मध्यम ।
११ ऐ.बस्ने बर्ष ४७ को संजिब झा सामान्य ।
१२ देश भारत सितामणी जि.पिपराथान बस्ने बर्ष ५५ को बेचन महत्तो घाटिमा चोट मध्यम ।
१३ जि.धनुषा जनकपुर उ.म.न.पा.बस्ने बर्ष १८ को अनुप सा सामान्य ।
१४ ऐ.७ बस्ने बर्ष २८ क राजु साह टाउको रहातमा चोट मध्यम ।
१५ ऐ.बस्ने निजको श्रीमती बर्ष २५ की रुद्रानि राज बाया हातमा चोट मध्यम ।
१६ जि.धनुषा लक्षिमिहा गा.पा.१ बस्ने बर्ष ३४ को सुन्दर साह टाउकोमा चोट मध्यम ।
१७ ऐ.बस्ने निजको छोरा बर्ष ५ को बिराज साह सामान्य ।
१८ ऐ.बस्ने बर्ष १२ को राज साह हातमा चोट सामान्य ।
१९ ऐ.बस्ने बर्ष १४ की काजल साह सामान्य ।
२० ऐ. बस्ने जनकपुर उ.म.न.पा.१३ बस्ने बर्ष २७ को रामभरोस साह टाउको ढाडमा चोट मध्यम ।
२१ जि.धनुषा बटेस्वर गा.पा.३ बस्ने बर्ष ३७ को रामकृष्ण सिङ सामान्य ।
२२ ऐ. बस्ने बर्ष ५ को प्रतिक सिङ सामान्य ।
२३ ऐ.बर्ष १० की कृती सिंङ बाया कानमा चोट सामान्य ।
२४ ऐ.बस्ने बर्ष २९ को सुजित कुमार महत्तो बाया खुट्टामा चोट सामान्य ।
२५ जि.धनुषा नकराईन गा.पा.६ बस्ने बर्ष २३ को रमेश कुमार ठाकुर बाया हातमा चोट सामान्य ।
२६ ऐ मिथिला न.पा.६ बस्ने बर्ष २१ को मनोज महत्तो टाउकोमा चोट मध्यम ।
२७ जि.धनुषा घर भई हाल काठमाण्डौ बस्ने बर्ष २४ की रमा के.सी.टाउकोमा चोट मध्यम ।
२८ ऐ.बस्ने धनुषा बटेस्वर न.पा.३ बस्ने बर्ष ३३ की ईन्दिरा कुमारी महत्तो छाति र ढाडमा चोट मध्यम ।
मनहरी अस्पतालमा उपचारार्थ घाईतेहरुः-
२९ ऐ.बस्ने औराही गा.पा.१ बस्ने बर्ष ३५ को रोशन कु.यादब टाउको रघाटिमा चोट सामान्य ।
३० देश भारत प्रदेश बिहार मध्यवानि बस्ने बर्ष ४९ को श्याम कुमार ठाकुर खुट्टमा चोट सामान्य ।
३१ देश भारत बिहार प्रदेश दभंगा बस्ने बर्ष ४४ को प्रमोद कुमार शर्मा दाया कानमा चोट ।
हेटौडा अस्पतालमा उपचारार्थ घाईतेहरु ;-
३२ जि.उदयपुर उदयपुर गढि गा.पा.६ बस्ने बर्ष २० की रन्जना मगर सामान्य ।
३३ जि.काठमाण्डौ काठ्माण्डौ म.न.पा.३१ बस्ने बर्ष ६० की बिना देबी टाउकोमा चोट मध्यम ।
३४ ऐ.बस्ने बर्ष २२ की सोनम साह मध्यम ।
३५ ऐ.बस्ने बर्ष ३४ कि अनुपम जैसवाल सामान्य ।
थप टिपोटः- ऐ. ०७:३० बजे हेटौडा अस्पतामा उपचार भई रहेको ४ जना घाईतेहरु डिश्चार्ज भई गन्तब्य तर्फ गएको ।