काठमाडौैं – बैतडी शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेका छन्। स्थानीय २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन्।
यस्तै दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी हुन्। मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका हुन्।
उनीहरू मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका थिए। सो दिन घर उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको थियो। खोजीकार्यकै क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
फेला परेपछि घाइते नेहाको उपचारका लागि पठाइएको छ। घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।