हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ मा रुखको हाँगाले लागेर मंगलबार एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४८ वर्षिय बुद्धि बहादुर घलान रहेका छन् ।
मंगलबार साँझ चिलाउनेटार सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्रबाट घर फर्कने क्रममा हावाहुरीको कारण रुखको हाँगाले लागेर घलानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीको टोली पुगी सकेको छ । घटनाको कानुनी प्रक्रिया शव परिक्षणको लागि अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।