हेटौंडा – हेटौंडा जेसीजको अध्यक्षमा श्रवणकुमार बर्तौला निर्विरोध चयन भएका छन् । शनिबार भएको अधिवेशनमा बर्तौलालाई निर्विरोध चयन गरेको हो । कार्यकारी उपाध्यक्षमा अमृतकुमार बर्तौला र विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा पदका लागि निर्वाचन भएको थियो ।
त्यस्तै हेटौंडा लेडी जेसीज अध्यक्षमा डिलमाया घर्ती चयन भएकी छन् । शनिबार भएको अधिवेशनबाट सन् २०२३ का लागि उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । घर्ती सन् २०२२ मा महासचिव रहेकी थिइन् । एकवर्षे कार्यका लागि कार्यकारिणी उपाध्यक्षमा शिखा भट्टराई र अस्मिता न्यौपाने तथा उपाध्यक्षमा नम्रता श्रेष्ठ, कुसु पण्डित, पूजा बस्नेत र अलिसा न्यौपाने चयन भएका छन् ।