हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को हालसम्म ३ हजार ६४२ मत गणना हुँदा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नविन सिग्देलको अग्रता कायमै रहेको छ । उनले १ हजार ५१० मत प्राप्त गरेका छन् ।
उनका निकट्तम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हरि प्रसाद पौडेलले १ हजार ४६० ल्याउँदा राप्रपाका ध्रुव प्रसाद संजेलले ३९४ प्राप्त गरेका छन् ।
त्यस्तै मेयरमा राप्रपाका दिपक बहादुर सिंहले १ हजार ४७२ र उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका १ हजार २९ मत सहित अग्रता कायमै राखेका छन् ।
हेटौडा उपमहानगरपालिका वडा नम्वर ४ को ३६४२ मतगणना
मेयर
कलम : ९२२
सुर्य : ८७६
हलो : १४७२
उपमेयर
रुख : १८००
सुर्य: १०२९
हलो : ४७९
वडा अध्यक्ष
रूख: १४६०
सुर्य : १५१०
हलो: ३९४