प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा पुरुषको शव भेटियो

२०७९ चैत्र ३०, बिहीबार ००:४७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाई मन्दिर नजिकै पुरुषको शव भेटिएको छ ।

भारतीय नागरिक करिब ५०/५५ वर्षीय मनोज हेमराज गिरी उतरा खण्ड हरिद्वार भन्ने बुधबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनी बिगत २ वर्षदेखि मन्दिरको छेउमा बस्दै आएका थिए । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।