हेटौंडा – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले अधिकतम खर्च गर्न पाउने सीमा तोकेको छ।
मंसिर ४ गते हुने चुनावमा सबैभन्दा बढी ३३ लाख मकवानपुरका दुईसहित २६ निर्वाचन क्षेत्रका उम्मेदवारले रुपैयाँ खर्च गर्न पाउने भएका छन्। त्यस्तै सबैभन्दा कम २५ लाख काठमाडौं १,३,६,७ र ८ निर्वाचन क्षेत्रका खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी काठमाडौंको २,४,५,९ र १० सहित १७ निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख खर्च गर्न पाइनेछ । झापा १ र ४ सहित ६५ निर्वाचन क्षेत्रमा २९ लाख र झापा २,३ र ५ सहित ५२ निर्वाचन क्षेत्रमा ३१ लाख खर्च गर्न पाइने निर्वाचन आयोगले तोकेको छ ।
विभिन्न पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ फरक फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा तोकेको आयोगले जनाएको छ ।
आयोगका अनुसार खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई साठी प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई बीस प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई बीस प्रतिशत भार मानिएको थियो ।