प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बस र मोटरसाइकल ठोकिँदा एकै परिवारका तीनको मृत्यु

२०८० बैशाख ६, बुधबार १०:५० बजे

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिकै बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए।

सम्सीबाट जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल बुधबार दिउँसो ठोक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत र उनको भतिजीलाई उपचारको लागि बर्दिबास स्थित शुभ स्वस्तिक र श्रीमती अन्जुलाई ट्रमा अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरिले बताए।

प्रतिगात्मक तस्वीर