प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

राक्सिराङबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ

२०७९ असार १९, आईतबार १४:२४ बजे

मकवानपुर – जिल्लाको राक्सिराङ गाउँपालिका–५ कुत्तासिङबाट करिब ३ किलो ५ सय ग्राम लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका–८ बस्ने ४८ वर्षीय मधु प्रसाद चौहान रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले आइतबार बिहान चैनपुरबाट मनहरीतर्फ आउँदै पैदल आउँदै उक्त लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौहानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।