हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका-६ मा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरामी हुनेमा भिमफेदी गाउँपालिका–६ उर्लाघारी बस्ने ६५ वर्षीया मगंली माया स्याङतान, ३२ वर्षीया बुद्धि बहादुर स्याङतान ,३०वर्षीया पासाङ माया स्याङतान, ७ वर्षीय लासाङ स्याङतान, १९ वर्षीय लक्ष्मी माया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र ७ वर्षीया आरती स्याङतान रहेका छन् ।
मगंली र लक्ष्मीको हेटौंडा अस्पताल र बाँकी ५ जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लासाङको गम्भीर बिरामी रहेको छ। जंगली विषालु च्याउ सेवा गर्दामकवानपुरमा तीन जनाले ज्यान गुमाईसकेका छन् भने बिरामी हुनेहरु दिन प्रतिदिन बढी रहेका छन् ।