प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८० पौष १८, बुधबार १२:४६ बजे

हेटौंडा – म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा रौतहटमा एक जनाको मृत्यु भएको छ । गौर नगरपालिका–६ सबगढास्थित सडकमा ना।१ ज ७१०९ नम्बरको म्याजिकले बीआर ०६ डीए ७६६४ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक भारत मोतिहारी बस्ने ४० वर्षीय सुशील यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।