हेटौंडा – बागमती प्रदेश सकारले किसानलाई दुधमा दिने अनुदान कार्यक्रमलाई निरन्तता दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले किसानलाई दुधमा प्रतिलिटर २ रुपैँया दिने अनुदान कार्यक्रमलाई निरन्तरता र उक्त रकम बैंक खातामा जम्मा गरिदेन व्यवस्था गरिने बताए ।