प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा रुखबाट लडेर एक युवक घाइते

२०८१ मंसिर २२, शनिबार ०९:१२ बजे

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका–७, रमटारमा रुखबाट लडेर एक युवक घाइते भएका छन्। घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा २३ वर्षीय अजय लामा रुखबाट लडेर घाइते भएका हुन्।

घटनापछि उनकी श्रीमती अनिता लामाले उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्याएकी थिइन्। अस्पतालका अनुसार उनको बायाँ खुट्टा फ्र्याक्चर भएको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।