मकवानपुर – थाहा नगरपालिकाको ओखरबजारस्थित त्रिभुवन राजपथ सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प ८०९२ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको नालामा खस्दा दुर्घटना भएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुर्घटनामा २४ वर्षीय चालक समर सुनुवार गम्भीर घाइते भएका छन्। उनको नाक, दुबै हात, र खुट्टामा चोट लागेको छ। घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। मोटरसाइकलमा पछाडि सवार सिन्धुपालचोक पाँचपोखरी गा.पा.–५ निवासी २० वर्षीय समर तामाङ भने सकुशल रहेका छन्।
दुर्घटनापछि मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।सांकेतिक तस्बीर