प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु

२०८० श्रावण ७, आईतबार ०८:४६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ साप्कोटा टोलमा लडिरहेको अवस्थामा फेला परेका ब्यक्तिको मृत्यु भएको छ । सोही वडाको चौगडा बस्ने अन्दाजी २५/३० बर्षीय पुर्ण बहादुर परियारको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

परियार शनिबार लडिरहेको अवस्थामा फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीको टोली उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मुत्यु भएको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।