हेटौंडा – झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
सुनसरीको ईटहरी उप–महानगरपालिका–१० खनारस्थित दक्षिणबाट उत्तरतर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिटिमा सवार ईटहरी–१० का ४० बर्षीय सुरेन्द्र सरदार रहेका छन् ।
यसैगरी मोरङको बेलबारी नगरपालिका–१ शिशौली चोकस्थितमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले २ वटा साईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । साईकल यात्री बेलबारी–२ का १९ बर्षीय लेखनाथ चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्कासाईकलयात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
झापाको कनकाई नगरपालिका–१ दुर्गापुर चोकस्थितमा प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाइकललाई बा ४ ख ९३१९ नम्बरको बसले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका–४ का ३५ बर्षीय समिर लिम्बु रहेका छन् ।