हेटौंडा - सगुन कन्ट्रक्सनको सडक निर्माणमा काम गर्ने एक कामदारको मृत्यु भएको छ । दोलखाको शैलुङ गाउँपालिका३ गोफ्लेस्थित बाँके बैजनाथ गाउँपालिका–१ घर भएका बर्ष १७ को बिष्णु बि.क.को मृत्यु भएको हो ।
कामदारहरू बस्ने सडकको छेउमा बनाएको छाप्रो बाहिर पिसाव फेर्न निस्किएका बिष्णु बेहोस भएर लडेका थिए । उनको बुवा मान बहादुर बि.क.ले तत्काल उपचारको लागि शैलुङ स्वास्थ्य चौकीमा ल्याएका थिए । उनकोको सामान्य उपचार पश्चात थप उपचारको लागी चरिकोट अस्पताल चरिकोटमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।