प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका तामाङ प्रहरीको फन्दामा

२०७८ चैत्र १४, सोमबार ०७:०९ बजे

हेटौंडा – चेक सहितको पर्स चोरी गर्ने हेटौंडाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरी बस्ने वर्ष ३३ को मनोज तामाङ रहेका छन् । उनलाई शनिबार  बीरगञ्ज महानगरपालिका वडा नं.१५ बाट प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार तामाङले बीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित बसपार्कमा भक्तपुर नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षीया सञ्जू महर्जनको पर्स चोरी गरेका थिए । महर्जन आफ्नो भाइको विवाहमा सरिक हुन पर्सा आएकी थिइन् ।

तामाङले पर्सभित्र हस्ताक्षर भएको चेकबाट दुई लाख रकम झिकेर सुनको तिलहरी र दराज खरिद गरेको र आफ्नो खातामा ४९ हजार जम्मा गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तामाङलाई  नियन्त्रणमा लिएर चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।