हेटौडा – मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु भएको छ। बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो साढे १ बजे मानदमारस्थित आफ्नै घर अगाडी हिडिरहेको अबस्थामा एक्कासी बिजुलीको पोल ढलेर वडा सदस्य तितुङलाई लागेको थियो ।
बिजुलीको पोलले लागेर गम्भीर घाइते भएका तितुङको उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको कार्यालयले जानकारी दिएको छ।