प्रहर खबर
 २०८० जेठ २०, शनिबार    

अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्रीको दाबेदार

२०७९ भाद्र १२, आईतबार ०८:१६ बजे

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी निर्वाचनमा पार्टीका तर्फबाट प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा लिएर चुनावमा जाने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने हिसाबले चुनावी अभियानमा जाने प्रस्ताव पारित गरेको छ । बैठकले उम्मेदवारको मापदण्डबारे निर्णय गरेको छ । प्रत्यक्षतर्फ प्रदेश सभा, प्रतिनिधि सभा समन्वय कमिटी हुँदै जिल्ला कमिटीले पठाएको सिफारिसका आधारमा केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने निर्णय गरेको हो । समानुपातिकतर्फका उम्मेदवारलाई पटक–पटक नदोहो¥याउने नीति लिने निर्णय गरेको छ ।

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री बनेका थिए। आलोपालोको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी नौ महिनामा पदमुक्त भएका थिए। दोस्रो पटक ३ फागुन २०७४ मा पनि प्रधानमन्त्री बनेका थिए। त्यति बेला माओवादी केन्द्रसँगको वाम गठबन्धनले झन्डै दुईतिहाइ मत पाएको थियो।