प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

२०७९ श्रावण ८, आईतबार १४:०० बजे

हेटौंडा – पाल्पाको रीप्दीकोट गाउँपालिका २ लघुवामा आज बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ १६ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन् ।

घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल तानसेन पठाइएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आज साँझ पौने ५ बजे अनियन्त्रित भइ सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।