हेटौंडा – कैलालीको गोदावरी नगरपालिका २ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने कैलालीकै धनगढी उपमहानगरपालिका १३ की ५५ वर्षीया ईसरादेवी धामी रहेकी छिन् ।
प्रहरीका अनुसार सेती प्रादेशीक अस्पताल धगनढीमा उपचारको क्रममा धामीको मृत्यु भएको हो । नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री धामीलाई बुधबार बेलुकी ८ बजे ठक्कर दिएको थियो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।