प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फेसबुक पेज बनाएर ५७ लाख ठगी, रामचन्द्र पक्राउ

२०८० जेठ २६, शुक्रबार १२:२४ बजे

काठमाडौं – फेसबुकमा घर जग्जा लोन सेवा नामक पेज बनाएर रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसे रहेका छन् ।

चालिसेले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लेन सेवा पेज बनाएर लोन चाहिएमा सम्पर्क गर्नुहोस भन्दै प्रलोभनमा देखाएर विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोली खाताको चेक दिएर ठगी गर्ने कार्यमा संलग्न चालिसेलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।