प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खुकुरी प्रहार गर्नुअघि सहमहामन्त्री यादवकै भाषण सुन्दै थिए सापकोटा

२०८० भाद्र २०, बुधबार १०:०० बजे

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेका छन् ।

प्रहरीका अनुसार उनी आफूलाई अभियन्ता भन्ने गर्छन् । ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले खुकुरी हानेका थिए । खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवमा उनी यादवकै भाषण सुन्दै थिए ।

कांग्रेस नेता यादवलाई भने ट्रमा सेन्टरमा लगिएको छ । पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए ।