प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको भिमफेदीमा पिकअप गाडी दुर्घटना

२०७९ पौष १७, आईतबार ०४:५२ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेस्थित कालिप्रसाद गण आर्मी ब्यारेक नजिकै पिकअप गाडी दुर्घटना भएको छ ।

त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत आइतबार बिहान हेटौंडाबाट दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भएर नालिमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पिकअप गाडी दुर्घटना हुँदा चालक सहित ९ जना घाइते भएका छन् । उनिहरुको उपचारको लागि हेटौंडातर्फ ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप बिवरण आउँन बाँकी छ ।