प्रहर खबर
 २०७९ चैत्र ८, बुधबार    

हेटौंडामा करेन्ट लागेर पोलबाट खस्दा एक जना घाइते

२०७९ पौष ६, बुधबार ११:३७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–४ स्थित कर्रामा करेन्ट लागेर विजुलीको पोलबाट खस्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा सिबी इन्टरनेटका प्राविधिक काभ्रे चौरी देउराली नगरपालिका घर भएका २८ वर्षीय सोम प्रधान रहेका छन् ।

बुधबार विहान १२ हजार भोल्टको बिजुलीको पोलमा चडेर नेटको तार जोडने क्रममा अचानक करेन्ट लागेर खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर पोलबाट खस्दा प्रधान गम्भीर घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।