हेटौंडा – राप्ती खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमफेदी गाउँपालिका–१, बयलबास बस्ने अन्दाजी ४३ वर्षीया मुना लिम्बु रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार लिम्बुको राप्ती खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिगात्मक तस्वीर