प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

छठको रौनक हेर्न गएका बालकको छुरा प्रहार गरी हत्या

२०७९ कार्तिक १४, सोमबार ०४:५५ बजे

विराटनगर – मोरङमा छठ पर्वको रौनक हेर्न खोलामा गएका बालकको छुरा प्रहारबाट हत्या भएको छ।उर्लाबारीस्थित मावा खोलामा छठ पर्वको रमाइलो हेर्न गएका १४ वर्षीय दियुष श्रेष्ठको हत्या भएको हो।

झापाको दमक नगरपालिका – १० बस्ने श्रेष्ठमाथि छठ हेर्न मावा आएको बेला छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

छुरा प्रहारबाट घाइते श्रेष्ठ बेहोस भई लडेपछि उनलाई एक साथीले उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका लागि भर्ना गराएका थिए ।

घाइते बालकलाई अस्पतालमा ल्याएपछि मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ थापाले बताए । थापाका अनुसार राति करीब १०स् ३० बजे बालकमाथि छुरा प्रहार भएको थियो ।

श्रेष्ठको गोदावरी हस्पिटलमा उपचार हुन नसकेपछि झापाको विएन्डसी अस्पतालमा रिफर गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिडभाड भएकाले उनीमाथि कसले छुरा प्रहार गर्‍यो खुलेको छैन। तर, शंकास्पद समूह पहिचान भएको प्रहरी भनाइ छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।