हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ सिमपानीबाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३५ वर्षीय रमेस माझी, भारत मोतिहारीकै ५५ वर्षीय हरिन्द्र माझि र भारत मोतिहारीकै ४० वर्षीय दिलिप माझी रहेका छन् ।
राक्सिराङ–देवकोट सडकखण्ड अन्तर्गत राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१च १३१८ नम्बरको बलेरोमा सवार उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्लाष्टिकको झोलामा प्याक गरि शरिरमा लुकाईछिपाई ल्याएको अवस्थमा साँढे १२ किलो परिमाणमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उक्त लागुऔषध गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाईएको उनले बताए ।