हेटौंडा – मकवानपुरका एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । चितवन राप्ती नगरपालिका–६, हर्दीस्थित ढुङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–७ घर भएको ११ वर्षीय विशाल चेपाङ रहेका छन् । उनी अविभावकसंग राप्ती नगरपालिका–६ स्थित डेरा गरी बस्थे । यस सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।