प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट एकैदिन १२ जना पक्राउ

२०८० असार १९, मंगलबार १२:४३ बजे

हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक प्वाईन्टबाट १४३ दशमलब ८ किलोग्राम लागुऔषध सहित ६ जनालाई गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी गोबिन्द बारा बस्ने ६५ बर्षीय लाल ब. सहनी, वीरगंज महानगरपालिका–१३ बस्ने २५ बर्षीय सन्तोस गुप्ता, बारा बिश्रामपुर गाउँपालिका–४ बस्ने २४ बर्षीय सुरज साह, सोही स्थान बस्ने २१ बर्षीय गौतम कुमार साह, पर्सा छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ बर्षीय मोहमद नवसाद हुसेन र सोही स्थान बस्ने २८ बर्षीय रमेश यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मंगलबार बिहान ४ बजे डिएल १ जिसी ३०३५ नम्बरको ईण्डियन ट्रकको क्याबिनको मुनीबाट १४ वटा पोकामा १४३ दशमलब ८ किलोग्राम गाँजा बरामदमा गरेको हो । उक्त ट्रकका चालक लाल ब. सहनीलाई सोधपुछपछि उक्त गाँजा लोड गर्ने चेकिङ्ग टोली थप ५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार ट्रक चालकको बयानको आधारमा डिएल १२ सिए ०५७८ स्कारपियोमा सवार साहद्वय, गुप्ता हुसेन र यादवलाई पक्राउ गरिएको हो । ट्रक, स्कारपियो, गाँजासहित ६ नै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

गएराति सवाँ १२ बजे हेटौंडा रातोमाटे चेक प्वाईन्टबाटै ४७ किलोग्राम गाँजा सहित दुई महिला र चार पुरुष गरी ६ जनालाई पक्राउ गरेको थियो ।मकवानपुर प्रहरी आज एकैदिन लागुऔषध गाँजा सहित १२ जनालाई नियन्त्रणमा लिएको कार्कीले बताए । 

यो पनि पढ्नुस् 

हेटौंडा रातोमाटेबाट दुई महिला सहित ६ जना पक्राउ