प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मन्त्री क्वार्टरको टहरामा आगलागी

२०८० पौष ३, मंगलबार १४:०४ बजे

काठमाडौं – ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र रहेको एक टहरामा आगलागी भएको छ। मंगलबार बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

उनका अनुसार उक्त टहराभित्र कामदार बस्छन्। बिहान खाना पकाउने क्रममा आगलागी भएको हुनुपर्ने प्रहरीको अनुमान छ। आगलागी भएको केहीबेरमा दमकल पुगेर नियन्त्रणमा लिइसकेको एसपी कार्कीले बताए। क्षति विवरण आउन बाँकी छ।