प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गैँडाको आक्रमणबाट चितवनमा महिलाको मृत्यु

२०८१ पौष १४, आईतबार १७:२९ बजे

चितवन – चितवनको खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारीको गैँडाको आक्रमणबाट मृत्यु भएको छ।

आज बिहान ११ बजे कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी भण्डारीलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन्।

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ।