हेटौंडा – आमालाई घनले टाउकोमा हानेर हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । नुवाकोट ककनी गाउँपालिका–१ नयाँबस्तीमा गएराति स्थानीय ३३ वर्षीय भिम बहादुर बलामीले आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको प्रहरीले जनाएको छ ।
भिम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेका थिए । उनलाई प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।