प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु

२०८० असार २०, बुधबार ०३:०२ बजे

हेटौंडा – टिपरको ठक्करबाट इटहरीमा स्कुटरमा सवार आमा–छोरीको मृत्यु भएको छ । इटहरी ८ की ३९ बर्षीय सरिता चौधरीको घटनास्थलमै र उनकी २२ वर्षिया छोरी अनुष्का चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भइ विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा गएराती उनको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरले को १४ प ५२४ नम्बरको चौधरी आमाछोरी सवार स्कुटरलाई ठक्कर दिएको थियो । घटनापछि प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो ।